Contact US

Sayapatri Music Training Center
Newroad, Pokhara
+977-61-525152
Email:
sayapatrimusic@gmail.com
sayapatrimusic@hotmail.com
sayapatri_pkr@yahoo.com
URL/website:
www.sayapatrimusic.tk
www.sayapatrimusic.blogspot.com





Anuz Kulung

Anuz Kulung
Website Promoter And Developer
RSS

नेपालको राष्ट्रिय गान सयौ थुंगा फुलका हामी....सबैले उठेर गीत गाएपछि ............

सयपत्रि सँगीत प्रशिक्षण केन्द्रले गत शनिबार न्युरोड पोखरा प्रशिक्षण केन्द्र हलभित्र निकै भब्यका साथ साप्ताहिक साँगीतिक कार्यक्रम सम्पन्न गरेका थिए । सयपत्रि सँगीत प्रशिक्षण केन्द्रका संस्थापक अध्यक्ष श्यामलाल श्रेष्ठको सभापतित्वमा उतm कार्यक्रम सम्पन्न भएको थियो भने बिशेष अतिथिको रुपमा नेपालका बरिष्ठ भजन तथा शाष्त्रिय गायक तथा सँगीतकार भतिmलाल बाटाजु उपस्थिित रहनु भएको थियो । उतm कार्यक्रममा नवकलाकारहरु आशिष दाष, जितु गुरुङ, यम सापकोटा, तिलक गुरुङ, बिमला गुरुङ, केशब सुवेदि, बिनिता थापा, नबिन राई, प्रकाश नेपाली, संगीता राई, दिपिका राई, मुन्ना गुरुङ, रञ्जित थापा मगर, बिष्णु कँडेल, स्मृति राई र अनुज कुलुङले नेपाली लोक, आधुनिक, पप र बाल गीतहरु प्रस्तुत गरेर कार्यक्रमलाई निकै सफल पारेका थिए । कार्यक्रमको बाध्यबाधनतर्फ हार्मोनियममा सयपत्रि साप्ताहिक कार्यक्रमको संयोजक एबम प्रशिक्षक गायक श्रीमान थुलुङले साथ दिनुका साथै गीत पनि गाएका थिए । त्यसै गरी तबलामा शौरभलाल श्रेष्ठ र गीतारमा आशिष दाषले बजाएर साथ दिएका थिए । कार्यक्रमको सुरुमा नेपालको राष्ट्रिय गान सयौ थुंगा फुलका हामी....सबैले उठेर गीत गाएपछि स्वदेश गान जाग लम्क चम्क हे नौजवान हो जस्ता गीतहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा बिशेष अतिथि भतिmलाल बटाजुले सँगीतलाई असल र सकरात्मक सोचले निरन्तरता दिन आवश्यक रहेको बताउनु भयो । यसको गहिराई भेट्न मुस्कील रहेको र यसलाई निकै लगनशिलता एबम धैर्यताका साथ अध्ययन गर्न पनि जरुरी छ भनेर नवकलाकारहरुलाई सल्लाह दिनुभयो । उहाँले कार्यक्रममा भजन गाएर सबैलाई रामाञ्चीत बनाउनुभएको थियो । त्यसै गरी उतm कार्यक्रमको संयोजक तथा प्रशिक्षक गायक श्रीमान थुलुङ पनि आउने पुस्तामा निकै राम्रो परिमाणको गायक गायकाहरु भित्रिने सम्भावना रहेको बताउनुभयो । नवकलाकारहरुमा निकै मेहनत लगनशिलता र मेहनत रहेको र यहि तरिकाले मेहनत गर्दै जाने हो भने नेपाली संगीत प्रतिस्प्रधात्मक रुपले अगाडि बढ्ने प्रण पनि ब्यतm गर्नुभयो । अन्त्यमा कार्यक्रमका सभापति श्यामलाल श्रेष्ठले संगीतलाई आफ्नो काम, पढाई सँगसगै केहि समय दिएर निरन्तरता दिदै जानु भनेर सुझाब दिनुभयो र संगीत क्षेत्रमा नवकलाकारहरुलाई साथ दिन परे साथ पाउने छ भनेर नवकलाकारहरुलाई उत्साह पनि दिनुभयो । कार्यक्रमलाई औपचारिक रुपमा नवगायक अनुज कुलुङले उद्घोषण गरेका थिए ।

  • Digg
  • Del.icio.us
  • StumbleUpon
  • Reddit
  • RSS

0 comments:

Post a Comment